२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बसको ठक्करबाट एक किशोरीको मृत्यु

बसको ठक्करबाट एक किशोरीको मृत्यु

बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।


काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।


बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
खोटाङ घर भएका मोटसाइकल चालक रोशन राई भने घाइते भएका छन्। मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल