
भदौ १०, धादिङ ।
नेकपा एमाले भीत्रको आन्तरीक द्धन्द्ध र पार्टी विभाजनको प्रभाव प्रदेशहरुमा पनि देखिएको छ । पार्टी विभाजनको दोस्रो दिन प्रदेश नम्बर १ को मुख्यमन्त्री परिवर्तन भएको छ । विहिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिए पछि, आज नै नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हुनु पहिले नेकपा एमाले संसदीय दलले दलको नेतामा आचार्यालाइ चयन गरेको थियो ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ -१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री आचार्याले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएको थियो । नवनियुक्त मुख्यमन्त्री आचार्याले प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने बताउँदै लोकतन्त्र, विकास र स्थायित्वका लागि सबै पक्षसँग सहकार्य र समन्वय गरी काम गर्ने बताउनुभयो । साथै छिट्टै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीमण्डललाई पुणर्ता दिने समेत बताउनुभयो ।