२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रुसमाथि प्रतिबन्ध कायम, विन्टर ओलम्पिक खेल्न नपाउने

रुसमाथि प्रतिबन्ध कायम, विन्टर ओलम्पिक खेल्न नपाउने

रुसले आउँदो वर्ष हुने विन्टर ओलम्पिक खेल्न नपाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसलाई आउँदो वर्ष हुने विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो । आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तर डोपिङमा दोषी नपाइएका रुसी खेलाडीले भने स्वतन्त्र झण्डा लिएर दक्षिण कोरियामा हुने प्रतियोगितामा भाग लिन पाउने आइओसीका अध्यक्ष थोसम बाचले बताएका छन् । रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आउँदो फेब्रुअरी ९ देखि सुरु हुने विन्टर ओलम्पियकमा पनि खेल्न नपाउने भएको हो । आइओसीको विशेष कमिटिले यस विषयमा निर्णय गर्नु अघि मंगलबार रुसी खेलाडीले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको सम्बन्धमा भएको १६ महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझावनको अध्ययन गरेको उज्यालो अनलाईनले खबर लेखेको छ । रुसलाई ओलम्पिक पावर हाउसको रुपमा लिने गरिन्छ । आइओसीको निर्णयको रुसमा तीब्र आलोचना भएको छ । त्यहाँका केही राजनीतिज्ञले प्रतियोगिता बहिस्कार गर्नु पर्ने पनि बताएका छन् । आइओसीले भने विशेष कमिटिको लामो अनुसन्धान र त्यसैको सुझावका आधारमा प्रतिबन्ध कायम राख्ने निर्णय भएको बताएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।