बालबालिका भनेका भगवानका रुप हुन् र उनीहरुको खुसि भनेको आमाबाबुको खुसि हो। तपाइको बच्चाको मुहारमा खुसि देख्नु तपाइको लागि कति महत्वपुर्ण होला? यदि आफ्नो नानि बाबुहरुको मुहारमा खुसि देख्न चाहनु हुन्छ भने “क्रिसमस किड्स कार्निभल” इभेन्टमा सहभागी हुनहोस्। १६ डिसेम्बर अर्थात् पौष १ गते काठमाडौँ स्थित नमस्ते मन्टेश्वोरी, हात्तीगौडामा हुन गइरहेको सो इभेन्टमा विभिन्न आकर्षक खेलहरु पनि खेलाइने छ। दि कर्मास्थ मार्केटिंग पार्टनर रहेको उक्त इभेन्ट मा धेरै थरिका खेलहरु, म्युजिक शो, फेस पेंटिंग, Magic Shows, Santa clause, Treasure Hunt, Musical Stage performance, Food Stalls, Gift Hampers लगायत थुप्रै अन्य रमाइला खेलहरु खेलाईने छ।


कार्यक्रममा बच्चा लिगेर जाने अभिभावकको कुनै शुल्क नलाग्ने आयोजक संस्थाका तर्फबाट स्वर्न सुब्बाले जानाकारी दिनुभयो। बालबालिकाको लागि तोकिएको ५०० रूपयाँको शुल्क बाट प्याक्ड खानेकुरा, गेम तथा अन्य सर्प्राइज कुराहरु दियिनेछ उहाँले भन्नुभयो साथै सुब्बाले दिएको जानकारी अनुसार क्रिसमसको अवसरमा आयोजित कार्यक्रम भएकोले रातो र सेतो पोशाक लगाउनुपर्नेछ। मार्केटिंग पार्टनरका तर्फबाट निकेश श्रेष्ठले टिकेटको लागि सिधा ९८१३६३८६९३ मा सम्पर्क गरेर वा Sales Way (हात्तीगौडा), चक्रपथमा अवस्थित भाटभटेनी अथवा दि कर्मास्थ को अफिस ठमेल वा नयाबजार ( ९८६०९५१३१२) बाट लिन सक्नुहुनेछ।
इभेन्टका बारे अझ बिस्तृतमा जान्नको लागि कृपया यो लिंकमा क्लिक गर्नुहोला: https://www.facebook.com/events/923668237796984/