२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सरकारले नेपाली फुटबल टोलीलाई जनही ५ लाख पुरस्कार प्रदान गर्ने

सरकारले नेपाली फुटबल टोलीलाई जनही ५ लाख पुरस्कार प्रदान गर्ने

सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई सम्मान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साफ उपविजेता टोलीलाई सम्मान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले खेलाडीलाई जनही ५ लाख दिने र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।नेपाली फुटबल टोली साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा पहिलोपटक फाइनल पुगेको हो । फाइनलमा भने नेपाली टोली भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टोली सोमबारै स्वदेश फर्किएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।