
बेमौसममा परेको पानीले गर्दा किसानले काटेर राखेको धानवालीमा क्षती पु¥याएको छ ।
धादिङका अधिकांस स्थानमा हिजो र अस्ती घाम चर्केको बेला किसानहरुले धान काटेका थिए । काटेर राखेको धान पानीले भिजाएपछि किसानहरु समस्यामा परेका छन् । मौसविद्का अनुसार केही दिन अझै पानी पर्ने भएकाले पानीले भिजाएको धान घरमा कसरी ल्याउने भन्ने चिन्ताले सताउन थालेको किसानहरुले बताएका छन् ।
वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि अधिकांस किसानहरु चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढालेको छ । त्रिपुरासुन्दरीमा मात्रै ५ सय रोपनी भन्दा बढि क्षेत्रफलमा धानवालीमा क्षती पु¥याएको छ ।
भित्र्याउने समयमा पानीले क्षति पु¥याएपछि के गरौ कसो गरौ भएको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का कृष्ण बहादुर गोदार बताउनुहुन्छ ।
धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ सिद्धलेक–१ की शोभा सिलवालले दुखेसो पोख्नुभयो । फुल खेल्न लागेको धान सबै पानी र हावा हुरीले सखाप बनायो सिलवालले भन्नुभयोे, ८० मुरी मसिनो धान भित्¥याईन्थ्यो पानीले सबै झार्दियो के खाने होला, के गर्ने होला ?
पानीले काटेर राखेको धान र फुल खेल्न लागेको धान सबैलाई असर पु¥याएको सिद्धलेक–१ कै मदन अर्यालले बताउनुभयो । टिकाको भोलीपल्ट काटेर राखेको धानहरु सबै पानीले भिजेर बसेको र फुल खेदै गरेको धानपनि ढलेर बसेको अर्यालले बताउनुभयो ।