मंसिर ११, धादिङ ।
नेपाली कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशन अन्र्तगत शुक्रबार सभापतिको लागि रामनाथ अधिकारी र भिमप्रसाद ढुङ्गानाले प्यानल सहित आ–आफ्नो उम्मेदवारी दर्ता गराएको छ । आज जिल्ला सभापति लगाएतका पदहरुमा निर्वाचन हुनेछ ।
रामनाथ अधिकारी प्यानलबाट उपसभापतिमा दल बहादुर अधिकारी र गेहेन्द्र मल्लले उम्मेदवारी दिएका छन् । भने भिमप्रसाद ढुङ्गाना प्यानलबाट झम्क भट्ट, सेरबहादुर तामाङले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा अधिकारी प्यानलबाट विकास श्रेष्ठ र रामकृष्ण पाण्डेले उम्मेदवारी दिएका छन् । भने ढुङ्गाना प्यानलबाट राजेन्द्र अधिकारी, राजु पाख्रिन छन् । सहसचिवमा अधिकारी प्यानलबाट नवराज तिमल्सिना र क्रान्ति डल्लाकोटीले उम्मेदवारी दिएका छन् ।
ढुङ्गाना प्यानलबाट हरि खतिवडा र विजय पाख्रिन तामाङले उम्मेदवारी दिएका छन् । आज हुने नेपाली काँग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनले जिल्ला सभापतिमा १ जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना सहित जिल्ला सदस्य ४८ जना, केन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्गतर्फ १ जना, प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्गतर्फ १ जना गरी जम्मा ५७ जना जिल्ला कार्यसमिति चयन गर्नेछ ।

नेपाली कांग्रेसका पुरानो नेता, रामनाथ अधिकारीलाई कुशल संगठक, वैचारीक, र जनप्रीय नेताको उपमाले चित्रित गरिन्छ , भने भिमप्रसाद ढुंङ्गानालाइ हक्की, नीडर स्वाभाव भएका र विकास प्रेमी नेताको रुपमा चित्रित गरिन्छ ।
दुबैजना सभापतिका प्रत्यासीहरुले आ–आफ्नो समूहले नेपाली काँग्रेस धादिङको आगामी बागडोर सम्हाल्ने दावी गरेका छन् । यता यस अघि सम्पन्न भएको स्थानीय तह , प्रतिनिधि सभाको निर्वाचन क्षेत्र र प्रदेशको निर्वाचन क्षेत्रहरुको अवस्था अनुसार भने संस्थापन ईतर तथा नेपाली कांग्रेसका नेता रामनाथ अधिकारीको समूह अब्बल देखिएको छ ।
आज हुने अधिवेशनमा जिल्ला भरिबाट २ हजार १ सय ९७ जना प्रतिनीधिहरु सहभागी हुनेछन् । धादिङ कांग्रेसको इतिहासमा रामनाथ अधिकारीको यो चौथो पटक सभापतीको उम्मेद्धारी हो भने भिमप्रसाद ढुङ्गानाकोे दोस्रो पटक हो । नेपाली काँग्रेस धादिङको जिल्ला सभापतिको प्रत्यासी भिमप्रसाद ढुंङ्गानाले १३ औं महाधिवेशनमा वर्तमान सभापति रमेश धमलासँग झिनो मतान्तरले हारेको थियो ।