गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर ५ माछिखोलामा मिनि ट्रक दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो आरुघाटबाट माछाखोला तर्पm जादै गरेको मिनि ट्रक दुर्घटना हुदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बा ५ ख ६५६६ नम्बरको सो मिनि ट्रक सडकबाट सय मिटर तल बुढीगण्डकीमा खसेको धार्चे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुल बहादुर गुरुङले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ टारीगाउँका ट्रक चालक २३ वर्षीय निराजन नेपाल र सोहि वडाका २० वर्षीय दिपक परियार रहेका छन् ।

नेपालको घटनास्थलबाट उद्धार गरी स्थानीय मेडिकलमा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताउनुभयो । त्यस्तै, धार्चे गाउँपालिका वडा नम्बर ३ उहियाका शरणी गुरुङकी २ वर्षीय छोरी सपना गुरुङको माछीखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइते तीन जना मध्य धार्चे ५ सिङलाका आसमान गुरुङको टाउको र शरीरको अन्य भागमा समेत गम्भिर चोट लागेको छ । आसमान गुरुङको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ स्थिट ट्रमा सेन्टरमा पठाइएको दाहालले बताउभयो । त्यस्तै, धार्चे ३ उहियाका २६ वर्षीय शरणी गुरुङ र धार्चे ५ माछीखोलाका अस्मिता गुरुङको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरद्धारा उद्धारी गरी काठमाडौ स्थित टिचिङ अस्पतालनमा पठाइएको छ ।

सवारी दुर्घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक सहितको टोली घटनास्थल तर्पm लागेको प्रहरीले जनाएको छ ।

 

धुनिवेशी स्थित टायलघरमा भएको अर्काे दुर्घटनामा एक घाईते

त्रिभुवन राजपथ अन्र्तरगत धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ९ टायल घर नजिक शुक्रबार साँझ ५ दुर्घटना हुँदा १ जना घाईते भएका छन् ।

चितवनबाट काठमाण्डौं जाँदै गरेको भारतिय नम्बर प्लेट भएको कार र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश०३ प ८७३६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीएर दुर्घटना हुँदा थांक्रे गाउँपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय मिलन तामाङ घाईते भएका हुन् ।

घाईते तामाङ काठमाण्डौंमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ठक्कर दिने कार र कार चालक ईलाका प्रहरी कार्यालय खानीखोलाको नियन्त्रणमा रहेको छ ।

Facebook Comments