पुुस २३, धादिङ ।
नेकपा (एमाले)ले आज देशका ६१ जिल्लामा अधिवेशन गर्दैछ । प्रतिकूल मौसम र तयारी नपुगेका १६ जिल्लाका लागि अधिवेशनको अर्को मिति तय हुने नेकपा (एमाले) ले जनाएको छ । त्यसै गरी नेकपा (एमाले) धादिङले पनि पार्टीको आठौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बिहिबार नै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । धादिङबेसी स्थित पार्टी कार्यालय तथा मदन आश्रित स्मृति भवनमा आठौं जिल्ला अधिवेशन हुन लागेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । लगतै जिल्लाको अधिबेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष प्रा.डा.पुष्पराज कँडेलको प्रमुख आतिथ्यमा हुने भएको छ । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, जानुका सिम्खडा, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कँडेल लगायतको आतिथ्य रहने नेकपा एमाले धादिङले जनाएको छ ।

अधिवेशनले आगामी ३ बर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्माण गर्नेछ । जसमा पाँच जना पदाधिकारी सहित १०० जना सदस्य निर्वाचित हुनेछन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना तथा उपसचिव दुई जना रहने पार्टीको विद्यानमा व्यवस्था गरिएको छ ।

सदस्यहरु भने क्षेत्र, भूगोल, खुल्ला र आरक्षण समूहबाट निर्वाचित हुने छन् । एमाले धादिङमा सहमतिमा नयाँ नेतृत्व सहितको जिल्ला कमिटी चयन हुने अनुमान गगरिएको छ । यद्यपी पदाधिकारीमा एक भन्दा बढीको आकांक्षा र दावि रहेको समाचारहरु आईरहेको छ ।

आठौं जिल्ला  अधिवेशनमा भौगोलिक तथा गैरभौगोलिक क्षेत्र र जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु सहित जम्मा ७०१ जना प्रतिनिधि सहभागी हुनेछन् । जिल्लाका १३ वटा स्थानीय तहका १०४ वडाहरु, सम्पर्क मञ्च तथा जिल्ला स्थित क्रियाशिल भातृ संगठनका तर्फबाट प्रतिनिधिहरु चयन भएका छन् ।

आयोजक कमिटी ६९, जिल्लाभरका पालिकातहबाट छनौट भई आएका ५४५, सल्लाहकार परिषदबाट १५, जनवर्गिय संगठनहरुबाट ३९ र जिल्ला कमिटीबाट मनोनित समेत गरि कुल ७०१ जना प्रतिनिधि सहभागी हुने नेकपा एमाले धादिङले जनाएको छ ।

Facebook Comments