२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रदेश-२ को नाम मधेश र राजधानी जनकपुर

प्रदेश-२ को नाम मधेश र राजधानी जनकपुर

३ पुस, २०७८
प्रदेश २ ले प्रदेशको नाम र राजधानी टुंगो लगाएको छ । सोमबार प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा दुई तिहाइ बहुमतले नाम टुंगो लगाएको हो । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको थियो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यस अघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको हो ।

योसँगै लामो समय देखिको प्रदेश २ को नामाकरण र राजधानीको सम्बन्धी विवाद समाधान भएको छ । साथै प्रदेश सरकार स्थापना भएको ४ बर्ष पछि प्रदेशको स्थायी नाम मधेस र राजधानी जनकपुर भएको उपलक्ष्यमा मधेस प्रदेश सरकारले मंगरबार सार्बजनिक बिदा दिने निर्णय गरेको हो । यस अघि प्रदेश संसदीय समितिले मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश, मध्य मधेस प्रदेश नाम प्रस्ताव गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।