२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आलोपालो सेवा प्रदान गर्दै, जिल्ला प्रशासन कार्यालय धादिङ

आलोपालो सेवा प्रदान गर्दै, जिल्ला प्रशासन कार्यालय धादिङ

१७ माघ, धादिङ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड संक्रमण भएको भन्दै गत माघ ९ गतेदेखि अत्यावश्यक सेवा मात्रै प्रवाह गर्दै आएको कार्यालयले मंगलबारदेखि नियमित सेवा सुचारु गर्ने भएको छ । कार्यालयले सोमबार एक सुचना जारी गर्दै मंगलबारदेखि आलोपालो गरि सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ ।

सुचना अनुसार आईतबार धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिका, सोमबार गल्छी र गजुरी गाउँपालिका, मंगलबार नीलकण्ठ नगरपालिका र गंगाजमुना गाउँपालिका, बुधबार त्रिपुरासुन्दरी र वेनीघाट रोराङ गाउँपालिका, विहिबार खनियाबास र नेत्रावती डबजोङ गाउँपालिका, शुक्रबार ज्वालामुखी र सिद्धलेक गाउँपालिका साथै रुवीभ्याली गाउँपालिकाको भने सबैबार सेवा प्रदान गरिने उल्लेख गरिएको छ । कोभिड - १९ को संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआएको हुँदा सेवागा्रहीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी साथमा खोपकार्ड समेत लिएर आउन पनि प्रशासनले अनुरोध गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।