२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेल नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।