५ फागुन,धादिङ

आज दिउँसो ३ बजेका लागि तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ ५ बजेका लागि सारिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । बैठकमा सत्ता गठबन्धनका दलहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल गरी, अमेरिकी आर्थिक सहायता सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सम्बन्धी सझा धारणा बनाउने जनाएको छ । साथै भोलिको संसद बैठकमा (एमसीसी) टेवल गर्ने, प्रधानन्यायाधी माथी दार्ता भएको महाअभियोग, आसन्न स्थानीय निर्वाचन, र सत्ता गठबन्धनको निरन्तरताको विषयमा थप समझदारी गर्न बैठक आह्वान गरिएको नेताहरुले जनाएको ।

विशेष गरि आजको बैठक (एमसीसी) का सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठक बस्न लागिएको जनाइएको छ । बैठकको विषयमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवर्ता भएको थियो ।

(एमसीसी) को बिरोधमा सत्तारुढ गठबन्धन दलका नेता कार्यकर्ताहरुका साथै अन्य विभिन्न राजनैतिक दल र स्वतन्त्र नागरिकहरु पनि विरोधमा निक्लिएको छ । (एमसीसी) नेपालको लागि आर्थिक सहायता परियोजना मात्रै नभई अमेरिकाको यो रणनैतिक महत्वको परियोजना भएको र यो नेपालको राष्ट्रिय हित विपरित रहेको यसका जानकारहरुले बताएका छन् । यस सम्झौतामा उल्लेख भएका केहि बुँदाहरुले नेपालको संविद्यान र कानुनको बर्खिलाप गरेको पनि जनाएको छ ।

Facebook Comments