२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आन्तरिक हवाइ उडानको भाडामा वृद्धि (सूचिसहित)

आन्तरिक हवाइ उडानको भाडामा वृद्धि  (सूचिसहित)

२१ फागुन
एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै आन्तरिक उडानको भाडा बढाएको छ । नेपालमा संचालित निजी क्षेत्रका सबै एयरलाइन्स कम्पनीहरुले आईतबारदेखि लागु हुने गरि आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेको हो ।

अहिले नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैयामा विक्रि गरेको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गरेको छ । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले आन्तरिक उडानमा ९० रुपैयादेखि ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं - सिमरा उडानमा बढेको छ, भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।