२१ फागुन
एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै आन्तरिक उडानको भाडा बढाएको छ । नेपालमा संचालित निजी क्षेत्रका सबै एयरलाइन्स कम्पनीहरुले आईतबारदेखि लागु हुने गरि आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेको हो ।
अहिले नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैयामा विक्रि गरेको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गरेको छ । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले आन्तरिक उडानमा ९० रुपैयादेखि ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं – सिमरा उडानमा बढेको छ, भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।
