२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका १३ ओटै स्थानिय तहका निर्वाचन अधिृकतको नाम सार्वजनिक

धादिङका १३ ओटै स्थानिय तहका निर्वाचन अधिृकतको नाम सार्वजनिक

स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले धादिङको १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

निर्वाचन अधिकृतको नाम सार्वजनिक पनि भएको छ । स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतमा धादिङ जिल्ला अदालतका जिल्ला न्यायधिस रमेश प्रसाद ज्ञवालीलाई तोकिएको छ भने धुनिवेशी नगरपालिकाका निर्वाचन अधिकृतको जिम्मा सर्वोच्च अदालतका इजलास अधिकृत राजकुमार आचार्यले पाउनुभएको छ ।

त्यस्तै खनियाबास गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालय काठमाण्डौँका उप–सचिव गोकुल खड्का, गंगाजमुना गाउँपालिकामा मालपोत कार्यलय धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उप–सचिव चक्रपाणि शर्मा, गल्छी गाउँपालिकामा समाजिक विकास मन्त्रालय हेटौँडाका अधिकृत दिपेन्द्र सुवेदी, ज्वालामुखी गाउँपालिकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुरमा कार्यरत उप–सचिव हिरामणि सुवेदीलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी थाक्रे गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उप–सचिव महेन्द्र प्रसाद सांखी, त्रिपुरासुन्दरी गाउँपालिकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुरका उपन्याधिवक्ता गोपाल लामिछाने, नेत्रावती डबजोङ गाउँपालिकामा वैदेशिक रोजगार न्याधिकरणका रजिष्टार आनन्दराज पन्त, बेनिघाट रोराङ गाउँपालिकामा उच्च सरकारी वकिल कार्यलय पोखराका उपन्याधिवक्ता खेमराज पाठक, रुवीभ्याली गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेक गाउँपालिकामा धादिङ जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृत तोकिनु भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।