२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पाँचदलिय गठबन्धन बनाएर निर्वाचनमा जाने,नेपाली कांग्रेसको निर्णय

पाँचदलिय गठबन्धन बनाएर निर्वाचनमा जाने,नेपाली कांग्रेसको निर्णय

१६ चैत्र, २०७८
धादिङ — लामो समयको रस्साकस्सी र विरोधको बाबजुत आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन सहित निर्वाचनमा जाने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र रामचन्द्र पौडेलको दवावमा बहुमत केन्द्रिय सदस्यको समर्थनमा निर्णय गरेको हो । यस अघि विभिन्न सार्वजनीक कार्यक्रममा सभापती शेरबहादुर देउवा र रामचन्द्र पौडेलले गठबन्धन विना प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ हराउन नसकिने बताउँदै आएको थियो । मंगलबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले गठबन्धन गर्ने औपचारिक निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा बहुसंख्यक स्थानमा नेपाली कांग्रेसले जित हांसिल गर्ने र जितलाइ थप सुनिश्चित गर्न स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धन दलहरुसंग तालमेल गरेर जाने नीतिगत निर्णय गरेको बताएका छन् । साथै नीतिगत निर्णयलाइ कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय स्तरसम्म कार्यान्वयन गर्न एक संयन्त्र बनाएर जाने पनि जनाएको छ ।

मंगलबार सम्पन्न बैठकले उपसभापती पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । आसन्न स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने पार्टीको निर्णयमा शेखर कोईराला पक्षधरहरुले भने खुलेर विरोध जनाएको छ । पार्टीको यस निर्णयले स्थानीय चुनावमा प्रभाव पार्ने पनि नेताहरुले आंकलन गरेका छन् ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले यस अघि नै चुनावी तालमेल गर्ने बताउँदै आएको छ । गठबन्धन दलले कांग्रेसको औपचारिक निर्णय कुरेर बसेका थिए । नेपाली कांग्रेसको गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन दलहरुले स्वागतयोग्य निर्णय भनेर प्रतिकृया दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।