
११ बैशाख,२०७९
धादिङ – यहि बैशाख ३० गते हुने आसन्न स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ७५३ वटै स्थानीय तहहरूमा आज र भोलि उम्मेदवारी मनोनयन तथा दर्ता गर्ने समय रहेको छ ।
आज र भोलि सबै स्थानीय तहहरूमा रहेको निर्वाचन केन्द्रमा गई तोकिएको मापदण्ड अनुसार आफ्नो उम्मेदवारी दर्ता गर्न सकिनेछ । उम्मेदवारी दर्ता गर्ने समय बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको छ।
भोलि १२ गते उम्मेदवारीको सुचि प्रकाशन, १३ गते उम्मेदवारीको बिरोधमा उजुरी, १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने उजुरी उपर जाँचबुझ गर्ने उम्मेदवारी नाम प्रकाशन गर्ने,१६ गते उम्मेदवारीको नाम फिर्ता र १७ गते अन्तीम उम्मेदवारीलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।