२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गजुरी र गंगाजमुनामा गठबन्ध्नको निर्णय नमान्ने

गजुरी र गंगाजमुनामा गठबन्ध्नको निर्णय नमान्ने

तिन दलिय गठबन्धनले धादिङको सबै पालिकामा प्रमुख र उप प्रमुखमा सहमति टुङ्गिएको भनिएपनि स्थानिय तहका पार्टी कमिटिहरुले भने असन्तुष्टी जनाएका छन् ।

गंगाजमुनाका नेपाली कांग्रेस र माओवादीले आईतबार एक विज्ञप्ती जारी गर्दै गठबन्धनको निर्णय मान्य नहुने भन्दै प्रेस विज्ञप्ती मार्फत असन्तुष्टी व्यक्त गरेका छन् । जिल्ला स्थित गठबन्धनले अध्यक्ष कांग्रेसले पाउने र उप प्रमुख एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष रामेश्वर सिंखडा र नेपाली कांग्रेसका सभापति फैसिङ तामाङले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गठबन्धनले गरेको सहमति गंगाजमुनामा लागु गर्न नसकिने जनाएका हुन् । यस्तै गजुरीमा एक्लै लड्न पाउने पर्ने माग गर्दै कांग्रेस गजुरीले सभापतिलाई पत्राचार गरेको छ ।

गजुरीमा कांग्रेसलाई एक्लै चुनाव लड्न दिन भन्दै पत्र मार्फत अनुरोध गरेका छन् । जिल्ला गठबन्धनको बैठकमा गजुरी गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको दावी गर्दै कांग्रेस गजुरीले अहिले फेरि अर्को सहमतिको प्रस्ताव आएकोले आफूहरुलाई अमान्य भएको जनाएको छ ।

भईसकेको सहमती बारम्बार परिवर्तन गर्दा जनस्तरमा नकरात्मक सन्देश जाने भएइकाले एक्लै चुनावमा जानुपर्ने पत्रमा भनिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।