१६ बैशाख, २०७९

धादिङ – नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट नविन धमला सर्वसम्मत सिफारिस भएको छ । पत्रकारीतामा व्याचलर्स उर्तिण गरेका धमला पत्रकारीता, खेलकुदका साथै सामाजिक कार्यमा संलग्न रहेका छन् । पछिल्लो समय नेपाली राजनितिमा युवा पुस्ताको अभाव र माग भईरहदा निलकण्ठ नगरपालिका वडा नम्बर ९ मा भने नेकपा एमालेको तर्फबाट जोशिलो युवालाइ वडा अध्यक्षको उम्मेदवार बनाएको हो । अहिले जनताले आफ्नो वडा, नगरपालिका, गाउँपालिका सहित समग्र देशको विकासमा योगदान दिन सक्ने विकास र समृद्धिको सपना पुरा गर्न सक्ने नेतृत्वको आवश्यकता महशुस गरेका छन् । युवा सीप र क्षमताको प्रयोग गरि वडा र नगरपालिकाको विकास समृद्धिको लागि युवा उम्मेदवार छनौट गरेको नेकपा एमाले नीलकण्ठ ९ ले जनाएको छ ।

यता वडा अध्यक्षमा उम्मेदवार धमलाले भने यस अघिका वडा अध्यक्षले पुरा नगरेका, गर्न नसकेका वडावासीका आवश्यकता र समग्र वडाको विकासमा अफ्नो सीप क्षमताको भरपूर प्रयोग गरि नमुना वडा बनाउने बताएका छन् । साथै सबैलाइ समानता र समताको आधारमा अघि बढाउन पैरवी र नेतृत्व गर्ने साथै आफू परिवर्तन, विभेद रहित समाज निर्माण, विकास र समृद्धिको संवाहकको रुपमा स्थापित हुन वडा अध्यक्षको रुपमा उम्मेदवारी दिएको बताएका छन् । साथै महिला वडा सदस्यमा धनदेवी गुरुङ, दलित महिला सदस्यमा नैना नेपालि (परियार), खुल्ला सदस्यमा कृष्ण प्रसाद लम्साल र कृष्ण बहादुर नेपालीको उम्मेदवारी रहेका छन् ।

यता यसै वडामा नेपाली कांग्रेसको वडा अध्यक्षमा भने विवाद भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापती रामनाथ अधिकारी टिमका रामहरि लम्साल र नीलकण्ठ नगरापालिकाका मेयरका उम्मेदवार भिम प्रसाद ढुङगानाक टिमका राजन बराइलीको बीचमा विवाद हुँदा राजन बराइलीले वडा अध्यक्षको टिकट पाएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा २ नम्बर क्षेत्रीय कमिटिले वडा अध्यक्षको लागि रामहरि लम्सालको नाम सिफारिस गरेको थियो । यता राजन बराइलीले भने आफ्नो पावर र बागमती प्रदेश सभापतीको निर्देशनमा नाटकिय रुपमा वडा अध्यक्षको टिकट प्रदेशबाट ल्याएको जनाएको छ ।

Facebook Comments