पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सितलबजारमा शनिबार बसले स्कुटरलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखाको आँपपिपल बस्ने ३० वर्षिय विक्रम थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दाङबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ६ ख ९२५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश३–०२–०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मगरको मृत्यु भएको हो ।
घाईते स्कुटर चालकलाई राजमार्ग सामुदायिक अस्पताल मलेखु लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने बस चालक र बस प्रहरीको नियन्तणमा रहेको छ ।