धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ जुम्रे डाँडामा बोलेरो दुर्घटना हुदा ९ जना घाईते भएका छन् ।
धादिङबेसीबाट गुम्दी जादै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो आज दिउँसो ३ः२० बजेको समयमा अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाइते हुने ९ जना नै गंगाजमुना गाउपालिका वडा नम्बर ४ गुम्दीका रहेका छन् । जसमा ५० बर्षीया सन्तु माया गुरुङ, ८० बर्षीया तिर्थ माया गुरुङ, ३० बर्षीय यम बहादुर गुरुङ, ३३ बर्षीय सुक बहादुर गुरुङ, २४ बर्षीय रमेश बहादुर घले, २० बर्षीया तारा गुरुङ, २७ बर्षीया देश माया गुरुङ रहेका छन् ।
त्यस्तै १२ बर्षीय बालक ठाकुर गुरुङ र ९१ बर्षीया श्रि माया गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइते भएका ९ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालक भने जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेको छ ।











