धादिङ – यहि बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मध्य राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार–प्रसार गर्न र उम्मेदवारहरु मतदातासँग मत माग्न जान पाउने छैनन् । निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको किटानी गरेको छ । उम्मेदवार र राजनैतिक दलहरुले गर्न नहुने काम गरे कानुन अनुसारको कारबाही गर्ने पनि जनाएको छ । आयोगका अनुसार मौन अवधिभर निर्वाचन प्रचार–प्रसार, मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष–विपक्षमा मतदान गर्न उत्प्रेरित र बाध्य गर्ने लगायतका गतिविधि गर्न पाइँदैन । तर, यसअघिका निर्वाचनमा मौन अवधिकै समयमा धेरै चलखेल हुने गरेको पाइन्छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालन भए, नभएको अनुगमनका लागि अनुगमन टोली परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्न सक्नेछ ।

Facebook Comments