२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमाले धादिङका कार्यकताहरुमाथी आक्रमण गर्नेहरुलाई तत्काल कारवाही गर्न माग

एमाले धादिङका कार्यकताहरुमाथी आक्रमण गर्नेहरुलाई तत्काल कारवाही गर्न माग


नेकपा एमाले धादिङका कार्यकर्ताहरुमाथी भएको सांघातिक आक्रमणमा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ । आज एक विज्ञप्ती मार्फत सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा विपक्षीबाट एमाले कार्यकर्ता माथी भएको आक्रमण प्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै कारवाहीको माग गरेको होे ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ डाडाँगाउँमा एमालेको घरदैलो र्यालीमा २७ गते साँझ आक्रमण भएको थियो । आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय हरी श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का राष्ट्रिय युवा संघ त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष एवं निर्माण व्यवसायी शिशिर दनै लगायत १० जना कार्यकर्ताहरु घाईते भएको विज्ञप्ती मार्फत जनाएको छ । घटनाका घाइतेहरुको काठमाण्डौ स्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सिद्धलेक गाउँपालिका वडा नं ५ पोखरी सिरानधारमा पनि एमाले कार्यकर्तामाथी खुकुरी प्रहार भएको छ । उक्त घटनामा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटि सदस्य राजेश श्रेष्ठ र शिव श्रेष्ठ घाइते भएका हुन् । घटनामा नेकपा माओवादीको कार्यकर्ताहरु संलग्न रहेको एमालेको आरोप छ ।

शान्ती सुरक्षामा खलल पु¥याई नागरिकलाई भयमा राखी निर्वाचन विथोल्ने उद्देश्यले गरिएका यस्ता हर्कत तुरुन्त बन्द गर्न नेकपा एमाले धादिङ चेतावनी दिन चाहन्छ, विज्ञप्ती अध्यक्ष भुमी त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । एमालेको विजय सुनिश्चित भइसकेका कारण परमादेशी गठबन्धन पक्षधरहरु अत्तालिन पुगेर एमालेका कार्यकर्ताहरुमाथी आक्रमणमा उत्रन थालेको विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ती

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।