२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एकै पटक १० रुपैंयाले इन्धनको मूल्यमा वृद्धि

एकै पटक १० रुपैंयाले इन्धनको मूल्यमा वृद्धि

१ जेठ, २०७९
नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिलिटर १० रुपैंयाका दरले मूल्य बढाउदा पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको जनाइएको छ । यो मूल्य हालसम्मकै अधिक मूल्य रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।