मतगणना सुरु भएसँगै धादिङमा मत परिणाम आउने क्रम जारी छ । बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत विजयी हुनुभएको छ । यस्तै गल्छी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका दिपककुमार कार्की विजयी हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर विजयी हुनुभएके छ। यस्तै थांक्रे गाउँपालिकाको वडा नम्बर २ मा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका टिकाराम तामाङ विजयी हुनुभएको छ । यस्तै गजुरी गाउँपालिकाको वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका गोविन्द लामिछाने १०२३ मत ल्याई विजयी हुनुभएको छ।
यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा स्वतन्त्र उम्मेद्वार विशाल भट्टराई ८८६ मत ल्याई विजयी हुनुभएको छ। यस्तै निलकण्ठ नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेका हरि श्रेष्ठ ११ सय मत ल्याई विजयी हुनुभएको छ। यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रमेश प्रसाद आचार्य विजयी हुनुभएको छ।
यस्तै नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसका सुरेश वाईवा विजयी हुनुभएको छ । यस्तै ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेद्वार कृष्ण गुरुङ विजयी हुनुभएको छ।
यस्तै खनियावास गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका लिलामान तामाङ विजयी हुनुभएको छ । ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा उमेश श्रेष्ठ विजयी हुनुभएको छ। यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल विजयी हुनुभएको छ ।
यस्तै सिद्धलेक गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका सागर गुरुङ विजयी हुनुभएको छ । यस्तै गल्छी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज तामाङ विजयी हुनुभएको छ । यस्तै रुविभ्याली गाउँपालिकाको वडा नम्बर ४ राप्रपाका प्रशाान्त तामाङ विजयी हुनुभएको छ ।
निलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेद्वार राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै गजुरी गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका सुरेन्द्र चेपाङ विजयी हुनुभएको छ । यस्तै गजुरी गाउँपालिका वडा नम्बर ३ नेपाली कांग्रेसका ऋषिलाल श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै गजुरी गाउँपालिकाको वडा नम्बर २ मा गठबन्धनका तर्फ नेपाली कांग्रेसका द्रोण कंडेल विजयी हुनुभएको छ।
यस्तै गल्छी गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसकै राजु अधिकारी विजयी हुसनुभएको छ । यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका भिम प्रसाद भट्ट विजयी हुनुभएको छ । यस्तै रुविभ्याली गाउँपालिकाको वडा नम्बर ३ मा जनता समाजवादी पार्टीका फेदोर्जे तामाङ विजयी हुनुभएको छ । यस्तै खनियावास गाउँपालिकाको वडा नम्बर ३ मा राप्रपाका कमनसिं तामाङ विजयी हुनुभएकोछ ।
यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ ९४४ मत ल्याई विजयी हुनुभएको छ । यस्तै धुनिवेशी नगरपालिकाको वडा नम्बर ४ मा गठबन्धन तर्फका नेकपा एकिकृत समाजवादीका हरि सुवेदी ८३६ मत ल्याई विजयी हुनुभएको छ । यस्तै बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा माओवादीकेन्द्रका राजुबहादुर मगर विजयी हुनुभएको छ।
यस्तै गंगाजमुना गाउँपालिकाको वडा नम्बर ७ मा गठबन्धन तर्फकै नेकपा एकिकृत समाजवादीका रविन अधिकारी ९०१ मत ल्याई विजयी हुनुभएको छ। यस्तै नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा नेपाली कांग्रेसका मिनबहादुर तामाङ विजयी हुनुभएको छ । धुनीबेसी नगरपालिका २ मा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका लक्ष्यजित तामाङ हुनुभएको छ । गठबन्धनको तर्फबाट उहाँले १०९१ मतल्याएर विजयी हुनुभएको हो ।
यस्तै धुनिवेशीं नगरपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसका प्रकाश हमाल ९३५ मत ल्याई विजयी हुनुभएको छ । यस्तै गजुरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका तारा भण्डारी विजयी हुनुभएको छ । यस्तै ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका राजु लोप्पा विजयी हुनुभएको छ ।
यस्तै गल्छी गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका राजन भुजेल वडा अध्यक्षमा विजयी हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी हुनुभएको छ ।
यस्तै खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ विजयी हुनुभएको छ ।
यस्तै थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा विजयी हुनुभएको छ । यस्तै गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी हुनुभएको छ । यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका भुवन त्रिपाठी विजयी हुनुभएको छ ।
यस्तै बेनिघाटरोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल १०३२ मत ल्याई विजयी हुनुभएको छ । यस्तै गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल १०४७ मत ल्याई विजयी हुनुभएको छ।
यस्तै रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका रुपा घले २७४ मतले विजयी हुनुभएको छ। यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मान बहादुर तामाङ १०५१ मत ल्याई विजयी हुनुभएको छ । यस्तै नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले ६०३ मत ल्याई विजयी हुनुभएको हो ।
यस्तै ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी हुनुभएको छ । गिरीले ५०१ मत ल्याएर विजययी हुनुभएको हो । यस्तै नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी हुनुभएको छ ।
यस्तै रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका ३५३ मत ल्याएर पम्बर तामाङ विजयी हुनुभएको छ । यस्तै खनियावास गाउँपालिका वडा नम्बर १ मा राप्रपाका सोनम तामाङ अत्याधिक मत सहित विजयी हुनुभएको छ ।
यस्तै बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसकाजीवन सिंह तामाङ ५ सय ३४ मत ल्याएर विजयी हुनुभएको छ । यस्तै गल्छी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका यदुकुमार खतिवडा ११३५ मत ल्याएर विजयी हुनुभएको छ ।
कसले कति वडा जिते
नेपाली कांग्रेस -१६
नेकपा माओवादी केन्द्र -१६
नेकपा एमाले – ७
राप्रपा – ४
नेकपा एकिकृत समाजवादी -४
स्वतन्त्र- ३