२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तत्काल 'राधे भण्डारी'लाई पक्राउ गर्न धादिङवेशीं बजारबासीको प्रहरीलाई निवेदन

तत्काल 'राधे भण्डारी'लाई पक्राउ गर्न धादिङवेशीं बजारबासीको प्रहरीलाई निवेदन

शान्ती सुरक्षा कायम गर भन्दै धादिङवेशीका स्थानियहरुले विरोध ¥याली सँगै प्रहरीको ध्यानकर्षण गराएका छन् ।

हिजो शनिबार साँझ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पदका उम्मेद्वार राजकुमार श्रेष्ठ लगायतका स्थानियहरुको घर अगाडी बसिरहेका बेला कथित डन भनेर चिनिने राधाकृष्ण भण्डारी(राधे)ले गोली हानी मारिदिने धम्की दिंदै हिडेकोले स्थानियहरुले शान्ती सुरक्षा कायम गर भन्दै निवेदनको साथमा जिल्ला प्रहरी कार्यालय धादिङलाई ध्यानकर्षण गराएका हुन् ।

वैशाख ३० गते भएको निर्वाचनका क्रममा राधे, लापाली भन्ने प्रकाश तामाङ, सुजन सुवेदी, बिमल शाही ठकुरी, नारायण श्रेष्ठ, सरु भन्ने सरोज अधिकारी, दनु भन्ने सुजन तामाङ, ललित तामाङ, राधे भण्डारीकी बहिनि सम्झना भण्डारीले आफ्नो दाई राधेको आडमा मतदान हुनु अघिदेखी मतदाताहरुलाई धम्क्याउने, थर्काउने, मतदान केन्द्रमा मतदान गर्न लामबद्ध भएका मतदाताहरुलाई धम्क्याएको, मतदान पछि पनि मार्छु, काट्छु भन्दै बजार क्षेत्र आतंकित बनाएको निवेदनमा भनिएको छ ।

राधे भण्डारीको समूहले अहिले पनि स्थानियहरुलाई धम्क्याउने, थर्काउने र मार्ने सम्मको धम्की दिएर अशान्ती मच्चाईरहेकोले तत्काल शान्ति सुरक्षा अमन चयनको आवश्यक रहेको र गुण्डागर्दीलाई प्रशय दिई पेशा बनाई धम्काउने, थर्काउने निज व्यक्तीहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न निवेदनमा भनिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।