पुस २, काठमाण्डौं ।
एसीसी १६ वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज सम्पन्न भएको खेलमा सिंगापुरलाई ७१ पराजित गर्दै नेपालले एसीसी १६ वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको थियो । १ सय ८४ रनको विजयलक्ष्य पाएको सिंगापुर ३१ ओभर ५ बल खेल्दै पुरा विकेटको क्षतीमा १ सय १२ रनमा समेटिएको थियो । नेपालका नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३÷ ३ विकेट हात पारे भने कुशल मल्ल र नारायण जोशीले एक एक विकेट लिएका थिए ।











