धादिङको गजुरी गाउँपालिका २ मलेखु बजारमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाईकलमा सवार सिद्धलेक गाउँपालिका वडा नम्बर ४ स्थित चापटारीका ३० वर्षीय युवराज थापा मगरको काठमाण्डौंको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानाएको छ ।

काठमाण्डौं बाट चितवन तर्फ जाँदै गरेको बा. ८० प ७११४ नम्बरको मोटरसाईकललाई विपरित दिशा बाट आउदै गरेको बागमती प्रदेश ०३००१ ख १५८५ नम्बर को ट्रक र ना ६ ख ५६६ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुबै ट्रकका चालकहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments