२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा अटो चालकको घटनास्थलमै मृत्यु

धादिङको सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा अटो चालकको घटनास्थलमै मृत्यु

पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ ढाँडेमा आज शनिबार विहान साढे ११ बजे ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।

काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घर भई बेलकोटगढी नगरपालिका बस्ने अन्दाजी ३०/३५ वर्षको कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।