२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बहुप्राविधिक शिक्षालय स्थापनाको लागि नीलकण्ठ नगरपालिकाका उपमेयर विश्वकर्मा र शिक्षमन्त्री विचभेटघाट

बहुप्राविधिक शिक्षालय स्थापनाको लागि नीलकण्ठ नगरपालिकाका उपमेयर विश्वकर्मा र शिक्षमन्त्री विचभेटघाट

नीलकण्ठ नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापनाको लागि उपमेयर दिपश विश्वकर्माले तदारुकता देखाउनुभएको छ ।

नगरकार्यपालिकाको पहिलो बैठकमा बहुप्राविधिक शिक्षालय स्थापना गरि प्राविधिक जनशक्ती तयार गर्ने र सो कार्य अगाडी बढाउन मेयर भिमप्रसाद ढुङ्गाना सहित कार्यपालिकाका पदाधिकारीले उपमेयरलाई जिम्मा लगाईएको थियो । सोही कार्यको लागि यतिबेला नगरपालिकाका उप मेयर विश्वकर्मा विभिन्न नियकाका प्रमुखहरुसँगको भेटघाटलाई तिब्रता दिनुभएको छ ।

उपमेयर विश्वकर्माले शिक्षा मन्त्रीसँग भेट गर्नुभएको छ । पहिलो बैठकबाट आफूलाई मेयर भिमप्रसाद ढुङ्गाना सहित कार्यपालिका सदस्यहरुले महत्वपूर्ण जिम्मा दिनुभएको छ, यहि कामको लागि शिक्षा मन्त्री सँग भेटघाट गरिएको उपमेयर विश्वकर्माले सामाजिक संञ्जाल मार्फत जानकारी गराउनुभएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कल्पना धमला र एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी समेतको सहभागितामा शिक्षा मन्त्रालय पुग्नुभएका उपमेयर विश्वकर्माले बहुप्राविधिक शिक्षालय स्थापनाको लागि आवश्यक बजेट विनियोजनको लागि अनुरोध गर्नुभएको छ ।

भेटपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले आफू सकारात्मक रहेको र प्रक्रियामा लैजाने बताउनुभएको छ । यस्तै उपमेयर विश्वकर्माले सबैको संयुक्त सकारात्मक प्रयत्नबाट निलकण्ठ नगरपालिकाको शिक्षा लगायत समग्र विकास संभव छ भन्दै सदैव सकारात्मक साथ सहयोगको अपेक्षा गर्नुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।