२५ जेठ, २०७९
सीआईईएस फुटबल अब्जर्भेटिभले गरेको एक अध्ययनअनुसार सर्वाधिक मूल्यवान् खेलाडीको पहिलो शीर्षस्थानमा (पीएसजी) का २३ वर्षे फ्रान्सेली युवा स्टार क्लियन एमबाप्पे रहेका छन् ।
एमबाप्पे यस वर्ष विश्वकै सर्वाधिक मूल्यवान (मोस्ट भ्यालुएबल) खेलाडी बनेको हो । अहिले एमबाप्पेको मार्केट भ्यालु २ सय ५ दशमलव ६ मिलियन यूरो रहेको बताइएको छ । खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था र मुद्रास्फीर्ति जस्ता विषयलाई अध्ययन गर्दै सीआईईएसले यस वर्ष निकालेको रिपोर्टमा एम्बाप्पे शीर्ष स्थानमा रहन सफल भएको हो ।
त्यस्तै, दोस्रो मूल्यवान खेलाडीको सूचीमा स्पेनिस क्लब रियल मेड्रिडका ब्राजिलीयन युवा स्टार भिसिनियस जुनियर रहेका छन् । च्याम्पियन्स लिगको फाइनलमा विजयी गोल गरेका जुनियरको बजार मूल्य १ सय ८५ दशमलव ३ मिलियन यूरो रहेको छ । त्यस्तै, गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमन्डमा खेलेका नर्वेजियन एर्लिङ ब्राउट हालान्ड १ सय ५२ दशमलव ६ मिलियन यूरोसहित तेस्रो स्थानमा रहेको छ । -एजेन्सी











