बाघको आक्रमणबाट पश्चिम चितवनमा एक जना महिलाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो चार बजे जगतपुरको घैलाघारी सामुदायिक वनमा निउरो टिप्न जाँदा भरतपुर २३ की अन्दाजी ५५–६० वर्षकी मंगली बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसहित चार जना निउरो टिप्न गएका थिए । बोटेको शव बाघले जंगलतर्फ लगेको छ ।
नेपाल प्रहरी, कसरा ब्यारेकबाट आर्मीसहित ४ वटा हात्तीबाट खोजी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले बताउनुभयो ।











