२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चण्डेश्वरी आधारभुत विद्यालयलाई मुक्तीनाथ विकास बैंक सल्यान्टार शाखाको ५० हजार सहयोग

चण्डेश्वरी आधारभुत विद्यालयलाई मुक्तीनाथ विकास बैंक सल्यान्टार शाखाको ५० हजार सहयोग

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको चण्डेश्वरी आधारभूत विद्यालयलाई मुक्तीनाथ विकास वैंङ्क सल्यान्टार र आरुघाट शाखाले आर्थिक सहयोग गरेको छ ।

बैंङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई ५० हजार सहयोग गरेको हो । विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप, प्रोजेक्टर, फर्निचर, बिद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजको लागि आर्थिक सहयोग गरेको शाखा प्रबन्धक सुदिप श्रेष्ठले जानकारी दिनुभयो ।

५० हजार बराबरको चेक बैकका कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ, सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यस्थापन समितिको अध्यक्ष र प्रधानध्यापकलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग चेक बुझ्नुहुँदै बिद्यालयको प्रधानध्यापक डिल नारायण श्रेष्ठले मुक्तिनाथ बिकास बैक लिमिटेड यस क्षेत्रको पहिलो बैंक र मुलुककै उत्कृष्ट विकास बैकको अनबरतरुपमा उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको बताउनुभयो ।

धादिङ जिल्लामा मुक्तिनाथ बिकाश बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत बिभिन्न क्षेत्रमा सहयोग गर्दे आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।