२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मेयर भिमप्रसाद ढुङ्गानाको सुरक्षा गार्डलाई तत्काल कारवाही गर्न माग

मेयर भिमप्रसाद ढुङ्गानाको सुरक्षा गार्डलाई तत्काल कारवाही गर्न माग

नेकपा (माओवादी केन्द्र) धादिङले नीलकण्ठ नगर कमिटी सदस्य एवं योङ कम्युनिष्ट लिग नेपाल नीलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्ष हरि कुमार श्रेष्ठ माथि भएको आक्रमणको भत्सर्ना गरेको छ ।

नीलकण्ठ नगरप्रमुख भिम प्रसाद ढुङ्गानाको सुरक्षा गार्ड दिनेश थापा मगरले एक्कासी धारिलो हतियार प्रयोग गरेर कार्यकर्ता श्रेष्ठलाई आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समन्वय समिति, धादिङ खेद प्रकट गर्दछ अध्यक्ष मनराज भण्डारी (सैलेस)द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती मार्फत घटनामा संलग्न नीज दिनेश थापा मगर लगायतका समुहलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरेको छ । शुक्रबार दिउँसो २ बजे कार्यलयमा काम गरिरहेका श्रेष्ठलाई धारिलो हतियार प्रयोग गरि घाईते बनाएका थिए ।

घाईते श्रेष्ठको धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौं लगिएको छ । यस्तै योङ कम्यूनिष्ट लिग नीलकण्ठ नगरपालिका धादिङले दोषी माथी कारवाहीको माग गर्दै विज्ञप्ती निकालेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।