धादिङवेशींमा रहेको विलिभर्स ईस्टन चर्चले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शेक्षिक सामाग्री वितरण गरेको छ । आज आईतबार एक कार्यक्रमका विच आर्थिक अवस्था कमजोर भएका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
विद्यार्थीलाई कलम, कपि, विद्यालय झोला, विद्यालय पोशाक, कपडा धुने साबुन, नुहाउने साबुन लगायतका सामाग्री वितरण गरिएको चर्चका पास्टर सन्तबहादुर गुरुङले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समिर गुरुङ र खनियावास गाउँपालिकाको ककार्यपालिका सदस्य दिपक परियारले संयुक्त रुपमा सहयोग शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
विलिभर्स ईस्टन चर्च धादिङले धादिङ सहित अन्य जिल्लाका विपन्न, असाहय परिवारलाई समेत सहयोग गर्दै आएको छ ।
फोटोमा हेर्नुहोस् :-
