२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विलिभर्स ईस्टन चर्च धादिङको शैक्षिक सामाग्री सहयोग

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विलिभर्स ईस्टन चर्च धादिङको शैक्षिक सामाग्री सहयोग

धादिङवेशींमा रहेको विलिभर्स ईस्टन चर्चले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शेक्षिक सामाग्री वितरण गरेको छ । आज आईतबार एक कार्यक्रमका विच आर्थिक अवस्था कमजोर भएका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यार्थीलाई कलम, कपि, विद्यालय झोला, विद्यालय पोशाक, कपडा धुने साबुन, नुहाउने साबुन लगायतका सामाग्री वितरण गरिएको चर्चका पास्टर सन्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समिर गुरुङ र खनियावास गाउँपालिकाको ककार्यपालिका सदस्य दिपक परियारले संयुक्त रुपमा सहयोग शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

विलिभर्स ईस्टन चर्च धादिङले धादिङ सहित अन्य जिल्लाका विपन्न, असाहय परिवारलाई समेत सहयोग गर्दै आएको छ ।

फोटोमा हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।