साउन ८
विश्व स्वास्थ्य संगठन डब्लुएचओको आपत्कालीन समितिको बैठकले स्वास्थ्य आपतकालको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले मंकिपक्सको संक्रमण तिव्र रुपमा बढ्दै गएपछि स्वास्थ्य आपतकालको घोषणा गरेको हो । विश्वका ७५ देशमा मंकिपक्स फैलिएपछि डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्वभर संक्रमितको संख्या बढिरहेको डब्ल्यूएचओले जनाएको छ ।
डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजार भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै अन्तर्राष्ट्रिय सरोकार बनेको र आपतकाल घोषणा गरिएको जनाइएको छ । मङ्कीपक्स बाहेक हाल कोरोना भाइरस र पोलिओ उन्मुलन सम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपतकाल लागू गरिएको छ ।











