धादिङमा आईतबार मात्रै १७ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यसमध्ये संक्रमण भेटिएका अधिकांश उत्तरी क्षेत्रका छन् । स्वास्थ्य कार्यालय धादिङका तथ्यांक अनुसार गंगाजमुना गाउँपालिकामा मात्रै ८ जनामा संक्रमण भेटिएको छ ।

रुबिभ्याली गाउँपालिकामा ६ जना र निलकण्ठ नगरपालिकामा ३ जनामा संक्रमण भेटिएको छ । जिल्लाभरि ३२ जनामा गरिएको एन्टिजेन परिक्षणमा १७ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख सागर प्रसाद घिमिरेले बताउनु भयो ।

साउन लागेदेखि जिल्लाका सबै पालिकामा संक्रमण बढ्दो क्रममा रहेको घिमिरेले बताउनुभयो । देशभर कोरोनाको नयाँ भेरियन्ट बढिरहदा धादिङमा पनि दैनिक रुपमा नयाँ ओमिक्रोन भेरियन्ट देखा परेको उहाँको भनाई छ ।

Facebook Comments