२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बैकल्पिक माध्यमबाट धादिङवेशीं बजार क्षेत्रमा विद्युत आपूर्ति सुचारु

बैकल्पिक माध्यमबाट धादिङवेशीं बजार क्षेत्रमा विद्युत आपूर्ति सुचारु

नेपाल विद्युत प्राधिकरणले धादिङमा विद्युत सुचारु गराउन वैकल्पिक बाटोको खोजी गरेको छ ।

जरे शव स्टेशनको ११ केभी, आखुखोला र धादिङबेसी शवस्टेशन मिलाएर अहिले धादिङबेसी र आसपासमा विद्युत सेवा सुचारु गरिएको छ । ३३ केभी प्रशारण लाइन मर्मत नहुन्जेल अस्थाई व्यवस्थापन गरिएको धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो ।

सानो क्षमता र टाढाको दुरीबाट अस्थाई रुपमा विद्युत जोडिएपनि छिटो समस्या आउन सक्ने उहाँले बताउनुभयो । ‘जरेको ११ केभी लाइन गजुरी फिडरसँग धादिङबेसी शवस्टेशन हुँदै आखुखोला शव स्टेशनबाट अहिलेलाई अस्थाई व्यवस्था गरिएको छ’, न्यौपालेले भन्नुभयो–‘ढुक्क हुने अवस्था रहँदैन, यसरी जोड्दा छिटो फल्ट आउने संभावना बढी हुन्छ ।’ सदरमुकाम बाहेक जिल्लाका अन्यत्र पनि वैकल्पिक बाटो खोजी भैरहेको बताउनुभयो ।

देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइनमा पहिरोले पोल र तारमा क्षति पुगेकोले धादिङका अधिकांश ठाउँका विद्युत सेवा अझै अवरुद्ध छ । विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ । १० वटा विद्युत पोलमा क्षति पुगेको छ । तारहरु चडिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।