२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४८ जनामा गरिएको एण्टिजेन परिक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमण पुष्टी हुनेमा धुनिबेसी नगरपालिकामा ५, गल्छी गाउँपालिकामा १, ज्वालामुखी गाउँपालिकामा ७, त्रिपुरासुन्दरी गाउँपालिकामा ५, गंगाजमुना गाउँपालिकामा २ र धादिङ्ग हस्पिटलमा ३ गरि जिल्लामा सोमबार २३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

यो सँगै धादिङमा सक्रिय कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । यस्तै आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।