
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ मा रहेको नलाङ मोडेल एकेडेमीमा आजदेखी ३ दिने शेक्षिक तालिम सुरु भएको छ । शिक्षण शिकाई क्रियाकलापलाई थप प्रोत्साहन र अन्तरक्रिया गर्ने उद्देश्यले तालिम संञ्चालन भएको हो ।
नेपालका लागि इजरायली राजदुताबास, लाजिम्पाट काठमाण्डौको सहयोग र मसाभ शैक्षिक तालिम केन्द्रकी निर्देशक युदिथ रोसेन्थालको नेतृत्वमा शैक्षिक रुपान्तरण कार्यक्रम अन्तरगत शैक्षिक तालिम संचालन भएको हो । ग्रामिण स्तरमा शिक्षालाई थप प्रभावकारी बनाउन र शैक्षिक प्रविधि र शिकाई विधिमा रुपान्तरण गर्न संचालन भएको तालिम ४ दिन संचालन हुनेछ ।
नेपालका लागि इजरायली राजदुतावास राजदुत खनान गोदारको अध्यक्षता, बागमती प्रदेशका आर्थिक मामिला एवं योजना मन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको विशेष आतिथ्यमा अन्तरक्रिया सहित १० गते तालिम समापन हुने जनाएको छ ।