
धादिङ – बुधबार सदरमुकाम धादिङबेसीमा सम्पन्न नेवा पत्रकार राष्ट्रिय दबुः जिल्ला शाखा धादिङको तेश्रो अधिवेशनबाट सन्तोषराज श्रेष्ठ अध्यक्षमा निर्वाचित भएको छ । सात सदस्यीय समितिको उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा लक्ष्मी शाक्य र कोषाध्यक्षमा मनिष श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा कल्पना श्रेष्ठ, सुजन श्रेष्ठ र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।
नेवा पत्रकार राष्ट्रिय दबुः जिल्ला शाखा धादिङले पत्रकार शंकर श्रेष्ठ, सरिता श्रेष्ठ र अर्जुन श्रेष्ठलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ । प्रदेश प्रतिनिधिमा काजी श्रेष्ठ, टेकमान शाक्य, लक्ष्मी शक्य र सुस्मिता श्रेष्ठ चयन भएका छन् । नेवा पत्रकार दबुले विशेष गरी नेवार समुदायका पत्रकारहरुको हकहित संरक्षण र क्षमता विकासका लागि विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेको छ ।