२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एसिया कप क्रिकेटमा श्रीलङ्का विजयी, भारतलाई फाइनल पुग्न कठिन

एसिया कप क्रिकेटमा श्रीलङ्का विजयी, भारतलाई फाइनल पुग्न कठिन

एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारत पराजित भएको छ । राति भएको खेलमा श्रीलङ्काले भारतलाई ६ विकेटले हराएको हो। हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ ।

भारतले दिएको १७४ रनको लक्ष्य श्रीलङ्काले १९ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

सुपर ४ मा श्रीलङ्का २ खेल जित्दै ४ अङ्कसहित शीर्ष स्थानमा छ । त्यस्तै २ अङ्कसहित पाकिस्तान दोस्रो स्थानमा छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।