२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मदन पुरस्कार विजेता लम्साललाई गृह जिल्ला धादिङमा अभिनन्दन

मदन पुरस्कार विजेता लम्साललाई गृह जिल्ला धादिङमा अभिनन्दन


धादिङ,२९ भदौ ।
मदन पुरस्कार विजेता महाकाव्य ‘अग्नि’का लेखक डा.नवराज लंसाललाई गृह जिल्ला धादिङमा बाजागाजाका साथ भव्य स्वागत तथा सम्मान गरिएको छ । धादिङको माटोमा जन्मिएर नेपाली साहित्यमा राखेको किर्तिमानको उच्च मूल्याङ्कन गर्दै धादिङबासीले उहाँलाई अभिनन्दन गरेका हुन् ।

महाकाव्य ‘अग्नि’का लेखक लम्सालले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेका हुन् । समकालीन चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने, देशको बहुलता र विविधतालाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत पात्र, प्रवृत्ति र तिनको पहिचानलाई मूल प्रवाहमा ल्याउने डा. लम्सालका लेखनका खास विशेषता हुन् ।

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो । सोहि वर्ष मंसिर २८ गते मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो । वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान– विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिदै आएको छ । लम्सालले प्राप्त गरेको उक्त मदन पुरस्कार ४ लाख रुपैया राशीको रहेको छ ।

नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा धादिङ आइपुगेका लम्साललाई धादिङबासीले चोक चोकमै भव्य अभिनन्दन गरेका हुन् । पुछारबजारदेखि शिरानबजारसम्म ¥याली गरी फुल, खाता, सम्मानपत्र लगायतले स्वागत तथा सम्मान गरेका हुन् ।

स्वागत तथा नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधन गर्दै मदन पुरस्कारले जीवनको एउटा महत्वपूर्ण खुषीसँगै जिम्मेवारी पनि थपेको महाकाव्य अग्निका लेखक लम्सालले बताउनुभयो । रमाईला र क्षणिक खुषी दिने काव्य भन्दा पनि समाजमा लुेकेर बसेका इतिहास बोक्ने र समाज परिवर्तन गर्ने खालका कृति लेख्न प्रेरणा मिलेको छ । ‘इतिहास बोल्ने खालका थोरै मात्र कृतिहरु छन् ।

नेपाली माटोको इतिहास, विपन्न, मजदुर, दलित, पछाडी पारिएका वर्गहरुका पिडा लगायतका विषयमा मैले कलम चलाउदै आएको छु उहाँले भन्नुभयो,– जातिय छुवाछुत र सनातन उत्पीडनको कथा अग्नि पनि त्यसकै एउटा उपज हो ।’ नेपाली समाजमा रहेको विकृति, विसंगति र जात व्यवस्था परिवर्तनका लागि ‘अग्नि’ महाकाव्यले एउटा दरिलो शुरुवात गरेको छ ।

परिवर्तन उन्मुख समाजको पात्र र चरित्र अग्निमा समावेश रहेको डाक्टर लम्सालले बताउनुभयो । मदन पुरस्कार र धादिङबासीले राखेको विश्वास सदा शिरमा उच्च राख्नेछु । ‘२० वर्ष लामो प्रयासले अग्नि जन्मिएको हो, उनले भन्नुभयो–मदन पुरस्कार विजेता र धादिङबासीको दिएको माया, साथ, सहयोगको सम्मान रहिरहने गरी मेरा कलमहरु चल्नेछन् ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।