२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बल्तकारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले प्रहरी सामु आज आत्मसमर्पण गर्ने

बल्तकारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले प्रहरी सामु आज आत्मसमर्पण गर्ने

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज विहिबार बिहान १० बजे स्वदेश फर्किने जानकारी गराउनुभएको छ । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको आफ्नो फेसबुक स्टाटसमा मार्फत जानकारी गराउनुभएको हो ।

नेपाल झर्ने बित्तिकै प्रहरीसमक्ष आफूलाई बुझाउने बताउनुभएको छ । उहाँले आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै छानबिनमा सहयोग गर्ने उल्लेख गर्नुभएको छ । उहाँले आफू एयरपोर्टमाा उत्रिदाँ आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराईदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए । सन्दिपले आफ्नो सुरक्षाका लागि घिमिरेलाई उपस्थित गराईदिन फेसबुक स्टाटसमा पनि अनुरोध गरेका छन् ।

एक १७ वर्षिया नाबलिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ । स्रोतका अनुसार सुरुमा लामिछानेका साथीसँग किशोरीको चिनजान भएको थियो । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् ।

एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदानप्रदान हुने गरेको थियो । पछिल्लो समय आफू केन्या जान लागेको भन्दै लामिछानेले किशोरीसँग भेट्न चाहेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।