२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नौविसे स्वास्थ्य चौकीमा भएको निशुल्क बन्ध्याकरण शिविरमा ११ जनाले सेवा लिए

नौविसे स्वास्थ्य चौकीमा भएको निशुल्क बन्ध्याकरण शिविरमा ११ जनाले सेवा लिए

धुनिवेशी नगरपालिकाको नौविसे स्वास्थ्य चौकीमा शुक्रबार भएको निशुल्क बन्ध्याकरण शिविरमा ११ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य कार्यालय धादिङले आयोजनामा भएको शिविरमा ११ जना पुरुषले स्थायी बन्ध्याकरण भ्यासेक्टोमी सेवा लिएको स्वास्थ्य कार्यालय धादिङका परिवार नियोजन अधिकृत अनन्त प्रसाद शर्माले जानकारी दिनुभयो ।

गत बुधबार ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा भएको शिविरमा २ जना महिला र ६ जना पुरुष गरि ८ जनाले स्थायी परिवार नियोजनको सेवा लिएको परिवार नियोजन अधिकृत शर्माले बताउनुभयो ।

शनिबार थांक्रेगाउँपालिकाको महादेववेशीमा, ३० गते गजुरी, ३१ गते बेनिघाट रोराङ र कात्तिक १ र २ गते धादिङ जिल्ला अस्पतालमा शिविर सञ्चालन हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।