
सदरमुकाम धादिङवेशीं स्थित एक होटल सञ्चालकलाई दिनदहाडै अपरिचित व्यक्तीले ठगी गरेको छ । पोखरा घर बताउने यूके आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तीबाट आफु ठगि भएको होटल सञ्चालक सेतु गुरुङले बताउनुभयो ।
सुनौला बजारका एकजना साथीले आफुलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पु¥याईदिन जान लागेको तर आफुसँग पैसा नभएकोले सामान यहि होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै एघार हजार रुपैयाँ लिएर गएको होटल सञ्चालक गुरुङले बताउनुभयो ।

सुन, डलर पैसा, यूकेको स्विटर लगायत जिन्सी सामान राख्दीनु अहिले एकछिनमा आउछु भनेर गएको ति व्यक्ती फर्किएर नआएको उहाँको भनाई छ । सामान छोडेर जाने व्यक्ती पैसा लिएर फरार भएपछि ति व्यक्तीले छोडेको सामान आज शनिबार खोलेर हेर्दा कागजको पोका र सुन जस्तो देखिने औंठीं, एउटा तन्ना मात्रै रहेको उहाँले बताउनुभयो ।
धादिङमा पनि यस्ता ठगहरु आएको भन्दै सबैजना सचेत हुन आग्रह गर्नुभएको छ । धादिङ अपडेटसँग कुराकानी गर्नहुँदै होटल सञ्चालक गुरुङले यस्ता घटनाहरु भएको भन्ने समाचारहरु सुन्दै आएपनि आज आंफै त्यस्ता व्यक्तीबाट ठगिएको बताउनुभयो ।
भिडियो हेर्नुहोस् :-