
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज विहिबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। हिजो बुधबार बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेको हो।
हिजो बुधबार निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट दुई जनाले बहस गरेका थिए।सन्दीपको तर्फबाट थप वलिकले बहस गर्नेछन् । सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गर्नुभएको छ ।
सन्दीपविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ। सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।