२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

धादिङमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

धादिङमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यान्टारका २१ वर्षिया भवानी खकुरेल रहेकी छिन् ।

गत सोमबार दिउँसो साढे एकबजे ईलाका प्रहरी चौकीबाट म्यादी प्रहरी सहितको गस्ती जाने क्रममा भिरबाट लडेर घाईते भएका खकुरेलको उपचारको क्रममा काठमाण्डौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम खत्रीले जानकारी दिनुभयो ।

उनको न्युरो अस्पताल उपचारको क्रममा हिजो मंगलबार मृत्यु भएको उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।