
धादिङमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यान्टारका २१ वर्षिया भवानी खकुरेल रहेकी छिन् ।
गत सोमबार दिउँसो साढे एकबजे ईलाका प्रहरी चौकीबाट म्यादी प्रहरी सहितको गस्ती जाने क्रममा भिरबाट लडेर घाईते भएका खकुरेलको उपचारको क्रममा काठमाण्डौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम खत्रीले जानकारी दिनुभयो ।
उनको न्युरो अस्पताल उपचारको क्रममा हिजो मंगलबार मृत्यु भएको उहाँले बताउनुभयो ।