२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बोल्ने बानीको विकास गर्न चन्द्रोदय माध्यमि विद्यालयमा वक्तृत्वकला प्रतियोगीता

बोल्ने बानीको विकास गर्न चन्द्रोदय माध्यमि विद्यालयमा वक्तृत्वकला प्रतियोगीता

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा १ देखी १२ कक्षा सम्मा विद्यार्थीहरु विच वक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको छ ।

जिल्लाकै नमुना विद्यालयको सूचिकृत यस विद्यालयलको अतिरिक्त क्रियाकलाप अन्तरगत वक्त्ृत्वकला प्रतियोगीतको आयोजना गरिएको हो । विभिन्न शिर्षकमा भएको वक्त्ृत्वकला प्रतियोगीतामा ६७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुको बोल्ने सिपको बिकास गराउनुका साथै उनिहरुमा निडरपना स्वभाव बृद्धि गर्न प्रतियोगिताको आयोजना गरिएको विद्यालयका कार्यक्रमका संयोजक एवं शिक्षक मिश्र शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगीतामा आधारभुत तह कक्षा १ देखी ३ मा “हाम्रो विद्यालय राम्रो विद्यालय” शिर्षकमा भएको प्रतियोगीतामा २५५ अंक हासिल गरि कक्षा ३ मा अध्ययनरत बिद्यार्थी देवांश घलान प्रथम, २३५ अंक प्राप्त गरि प्रतिक रिजाल द्दितिय र बराबरि अंक २०६/२०६ अंकका साथ सुप्रिया त्रिपाठी र श्रीमन सिल्वाल दुबैजनाले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।

यस आधारभुत तहमा १० जना बिद्यार्थीहरुको सहभागीता थियो । यस्तै “विद्यार्थी जीवनमा अनुशासनको महत्व” शीर्षकमा कक्षा ४ देखि ५ मा भएको वक्तृत्वकला प्रतियोगीतामा २१८ अंक प्राप्त गरि प्रियङ्का थपलिया प्रथम, सोम्या गुरुङ द्दितिय २१७ अंक र २१३ अंक प्राप्त गरि रोनिश त्रिपाठिले तृतीय स्थान हासिल गर्नुभएको छ ।

त्यस्तै “नैतिक शिक्षा आजको आवश्यकता” बिषयबस्तुमा कक्षा ६ देखी ८ मा भएको प्रतियोगीतामा कक्षा ८ ए कि छात्रा कृषा उप्रेती २४७ अंक प्राप्त गरि प्रथम, (दाजु भाइ ) क्रमश बिशेषक बिसुराल २०६ र अबि बिसुराले २०५ अंक प्राप्त गरि द्दितिय, १९८ अंक प्राप्त गरि कक्षा ८ बी कि छात्रा सिम्रन सुवेदिले सान्त्वना हुनुभएको छ ।

“मेरो सपना , समृद्ध नेपालको परिकल्पना” शिर्षकमा माध्यमिक तहमा भएको प्रतियोगीतामा २२२ अंकका साथ कक्षा १० कि छात्रा उपासना रुवालि प्रथम , २१८ अंकका साथ कक्षा १० कै सबि डल्लाकोटि द्दितिय , कक्षा १० कै सृजना लोहनि २१५ अंकका साथ तृतीय र खुसि राना मगर २१२ अकं प्राप्त गरि सान्त्वना हुनुभएको छ ।

प्रतियोगीतामा विजयी विद्यार्थीहरुलाई शुक्रबारै एक कार्यक्रमका विच पुरस्कार प्रदान गरेको थियो । अन्तर बिद्यालय एबंम बाह्य प्रतियोगितामा सहभागी भई प्रथम स्थाल हासिल गर्ने बिद्यार्थीलाई हरेक कार्यकमा प्रथम भएबापत नगद रु १,००० र द्दितिय या तृतीय स्थान हासिल गरे रु ५०० सहित पुरस्कृत गर्ने गरेको पनि शिक्षक मिश्र शाक्य बताउनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।