धादिङको बेनिघाट रोराङ गाउँपालिकामा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा १ देखी १२ कक्षा सम्मा विद्यार्थीहरु विच वक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको छ ।

जिल्लाकै नमुना विद्यालयको सूचिकृत यस विद्यालयलको अतिरिक्त क्रियाकलाप अन्तरगत वक्त्ृत्वकला प्रतियोगीतको आयोजना गरिएको हो । विभिन्न शिर्षकमा भएको वक्त्ृत्वकला प्रतियोगीतामा ६७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुको बोल्ने सिपको बिकास गराउनुका साथै उनिहरुमा निडरपना स्वभाव बृद्धि गर्न प्रतियोगिताको आयोजना गरिएको विद्यालयका कार्यक्रमका संयोजक एवं शिक्षक मिश्र शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगीतामा आधारभुत तह कक्षा १ देखी ३ मा “हाम्रो विद्यालय राम्रो विद्यालय” शिर्षकमा भएको प्रतियोगीतामा २५५ अंक हासिल गरि कक्षा ३ मा अध्ययनरत बिद्यार्थी देवांश घलान प्रथम, २३५ अंक प्राप्त गरि प्रतिक रिजाल द्दितिय र बराबरि अंक २०६/२०६ अंकका साथ सुप्रिया त्रिपाठी र श्रीमन सिल्वाल दुबैजनाले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।

यस आधारभुत तहमा १० जना बिद्यार्थीहरुको सहभागीता थियो । यस्तै “विद्यार्थी जीवनमा अनुशासनको महत्व” शीर्षकमा कक्षा ४ देखि ५ मा भएको वक्तृत्वकला प्रतियोगीतामा २१८ अंक प्राप्त गरि प्रियङ्का थपलिया प्रथम, सोम्या गुरुङ द्दितिय २१७ अंक र २१३ अंक प्राप्त गरि रोनिश त्रिपाठिले तृतीय स्थान हासिल गर्नुभएको छ ।

त्यस्तै “नैतिक शिक्षा आजको आवश्यकता” बिषयबस्तुमा कक्षा ६ देखी ८ मा भएको प्रतियोगीतामा कक्षा ८ ए कि छात्रा कृषा उप्रेती २४७ अंक प्राप्त गरि प्रथम, (दाजु भाइ ) क्रमश बिशेषक बिसुराल २०६ र अबि बिसुराले २०५ अंक प्राप्त गरि द्दितिय, १९८ अंक प्राप्त गरि कक्षा ८ बी कि छात्रा सिम्रन सुवेदिले सान्त्वना हुनुभएको छ ।

 

“मेरो सपना , समृद्ध नेपालको परिकल्पना” शिर्षकमा माध्यमिक तहमा भएको प्रतियोगीतामा २२२ अंकका साथ कक्षा १० कि छात्रा उपासना रुवालि प्रथम , २१८ अंकका साथ कक्षा १० कै सबि डल्लाकोटि द्दितिय , कक्षा १० कै सृजना लोहनि २१५ अंकका साथ तृतीय र खुसि राना मगर २१२ अकं प्राप्त गरि सान्त्वना हुनुभएको छ ।

प्रतियोगीतामा विजयी विद्यार्थीहरुलाई शुक्रबारै एक कार्यक्रमका विच पुरस्कार प्रदान गरेको थियो । अन्तर बिद्यालय एबंम बाह्य प्रतियोगितामा सहभागी भई प्रथम स्थाल हासिल गर्ने बिद्यार्थीलाई हरेक कार्यकमा प्रथम भएबापत नगद रु १,००० र द्दितिय या तृतीय स्थान हासिल गरे रु ५०० सहित पुरस्कृत गर्ने गरेको पनि शिक्षक मिश्र शाक्य बताउनु भयो ।

Facebook Comments