धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ अमेरुवा नजिक आज सोमबार दिउँसो २ बजेको समयमा बोलेरो र मोटरसाईकल एकआपसमा ठोक्कीदा एक जना घाईते भएको छ ।

धादिङवेशींबाट जाँदै गरेको प्रदेश ३ ०१ ०२३ च ०९६९ र विपरित दिशाबाट आउँदै गरेको बा ५७ प ३३८३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा मोटरसाईकलमा सवार खनियावास गाउँपालिका वडा नम्बर २ झार्लाङका ४५ वर्षिय रक्चा तामाङ घाईते भएको दुर्घटना स्थलबाट सहकर्मी विजयी तामाङले जानकारी दिनुभयो ।

घाईते तामाङको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

Facebook Comments